काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काँडाघारीबाट अपहरित बालकको हत्या, दुई अपहरणकारी मारिए

काठमाडौं, २१ साउन । भक्तपुरको डोलेश्वरमा अपहरणकारी र प्रहरीको मुठभेडमा दुई अपहरणकारीको मृत्यु भएकाे छ ।  अपहरित बालक ठिमीमा मृत अवस्थामा भेटिएका छन् । आइतबार साँझ भक्तपुरबाट अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको हाे ।

अपहरणकारीको खोजीमा जुटेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाएको हो । प्रहरीको गोली लागी दुई अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको प्रहरीको भनाइ छ ।

यसैबीच आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार बालकको शव ठिमीमा भेटिएको हो । घटनाको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);