पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित

kamal pangeni

काठमाडौं, २१ साउन । राष्ट्रियसभाले पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसांसद पंगेनीको हृदयघातका कारण आईतबार विहान ५ बजेर ३० मिनेटमा स्याङजास्थित निवासमा निधन भएको थियो ।

नेपाली कांग्रेसका तत्कालीन स्याङजा जिल्ला सभापतिसमेत रहेका भएका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक २३ गते बुधबार ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);