शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

sok prastav

काठमाडौं, २० साउन । प्रतिनिधिसभाको आईतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ ।  पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै आइतबारको प्रतिनिधिसभा बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्वसांसद पंगेनीको हृदयघातका कारण आईतबार विहान ५ बजेर ३० मिनेट जाँदा स्याङजास्थित आफ्नै निवासमा निधन भएको थियो । नेपाली कांग्रेसका तत्कालीन स्याङजा जिल्ला सभापतिसमेत रहनुभएका पंगेनीले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);