पूर्वसांसद आलमको निधनमा शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पूर्वसांसद आलमको निधनमा शोक प्रस्ताव पारित

rastriya sava

काठमाडौं, १ साउन । राष्ट्रियसभाले पूर्वसांसद मोहम्मद मुस्तक आलमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

आलमको असार २९ गते हृदयरोगको उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको थियो । आलम २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट रौतहट क्षेत्र नम्बर २ का संविधान सभामा निर्वाचित भएका थिए ।

उनि हाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध रहेका थिए । राष्ट्रियसभाको अर्को बैठक श्रावण ८ गते मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);