बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष : अर्थमन्त्री

yubraj dai

काठमाडौं, १ साउन ।  डाक्टर युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर त्यहाँ स्थापना हुने बैंकहरुलाई सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले सबै स्थानीय तहमा तत्काल बैंक स्थापना गर्ने घोषणासमेत गरे । पुस मसान्तसम्म सबै कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा ३ महिना भित्र बैंकहरु स्थापना गरिसक्नुपर्ने उनको भनाइ छ । उनले कर छली हुन नदिन सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सरकार बैंक तथा वित्तिय संस्थाहरुको अभिलेखलाई व्यवस्थित बनाउन लागिपरेको स्पष्ट पारे ।