सबै स्थानीय तहमा ‘उद्योग ग्राम’ स्थापना गर्न अर्थमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सबै स्थानीय तहमा ‘उद्योग ग्राम’ स्थापना गर्न अर्थमन्त्रीकाे आग्रह

काठमाडौं, २८ कात्तिक । सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकला लगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गरेका छन् ।

बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको हस्तकला लगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको बताए ।

उनले हस्तकलासम्बन्धि बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात् हुने हस्तकलाको एकीन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);