तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

terai kar karyalaya-arthamantri

काठमाडौं, २९ चैत । सरकारले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी गरिएको जनाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भईरहेको बताएका हुन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको राजधानीमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रमा उनले मझौला खालका व्यवसायीहरु बढदै गएका पहाडी जिल्लाहरुमा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्न उच्च प्राथमिकता दिएको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता दोहो¥याए । उनले भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको दावी गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले स्वदेशी उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेकाले त्यसमा ढुक्क हुन पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयार रहेको पनि बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);