औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न अर्थमन्त्रीको निजी क्षेत्रलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न अर्थमन्त्रीको निजी क्षेत्रलाई आग्रह

yubraj khatiwada-lagani sammelan

चितवन, २ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

सोमबार चितवनको भरतपुरमा प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक स्थानीय तहमा पनि औद्योगिक ग्राम स्थापना गर्ने बताए । अर्थमन्त्री खतिवडाले उद्योगधन्दा स्थापनाका लागि सरकारले आवश्यक सबै खालको कानुनी, नीतिगत र संरचनागत सुधारको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन पनि उद्योगीहरुलाई आग्रह गरे । उनले उद्योगधन्दामा विध्वंशकारी गतिविधि हुन नदिन सरकार सचेत रहेको बताए । अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको आर्थिक वृद्धिदर दोब्बर बनाउन निजी क्षेत्रबाट ५५ प्रतिशत लगानी भित्र्याउन चाहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);