प्रधानमन्त्री ओली र चिनियाँ मन्त्री सुगाङबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री ओली र चिनियाँ मन्त्री सुगाङबीच भेटवार्ता

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री केपी ओलीले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार चीनका पर्यटन तथा संस्कृतिमन्त्री लुओ सुगाङसँगको भेटमा नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताएका हुन् । त्यस अवसरमा उनले नेपालको विकासमा चीन सरकारको सहयोग अझै वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा चीनका पर्यटन तथा संस्कृति मन्त्री सुगाङले नेपालको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न आफ्नो सरकार सदैव तयार रहेको बताए ।

त्यसैगरी उनले नेपालको समृद्धिका लागि यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिन पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे । चिनियाँ मन्त्रीले नेपालको विकासका लागि सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष जोड दिन आग्रह गरेको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

चीनका मन्त्री सुगाङले प्रधानमन्त्री ओलीसँगको भेटमा भूकम्पले क्षति पु-याएको नेपालको सांस्कृतिक सम्पदा विगतको भन्दा पनि उन्नत ढंगले पुनर्निर्माण हुने विश्वास पनि व्यक्त गरेका छन् । त्यस अवसरमा मन्त्री सुगाङले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन पनि आफ्नो मुलुकले सक्दो सहयोग गर्ने बचन दिए ।

नेपालमा चिनियाँ पर्यटक गत वर्षभन्दा ४८ प्रतिशतले वृद्धि भएको छ । यसलाई अझै बढाउन यहाँको सांस्कृतिक सम्पदाको संरक्षणमा नेपालले जोड दिनुपर्नेमा मन्त्री सुगाङले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा सहभागी हुन मन्त्री सुगाङ नेपाल आएका हुन् । उनले नेपाल बसाईको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीसँग मंगलबार भेट गरी नेपालको पर्यटन विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);