नवनियुक्त राखेपका उपाध्यक्ष तिमिल्सिनाले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नवनियुक्त राखेपका उपाध्यक्ष तिमिल्सिनाले सपथ लिए

काठमाडौं, २८ कात्तिक । नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे ।

मुलुकको खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाई छ । उनले खेलकुद क्षेत्रमा अबाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता जाहेर गरे ।

तिमिल्सिना यस अघि पनि परिषदको उपाध्यक्ष भएका थिए । समारोहमा परिषदका नवनियुक्त सदस्यद्वय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

मन्त्री विश्वकर्माले गुरुङ र निरौंलालाई पनि पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायतको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);