'नक्कली स्याम्पु र बिएमसी मसला' पत्रकार सम्मेलन मार्फत सार्बजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

‘नक्कली स्याम्पु र बिएमसी मसला’ पत्रकार सम्मेलन मार्फत सार्बजनिक

nakali sampu

काठमाडौं, २८ कात्तिक । प्रहरीले राजधानीबाट मंगलवार बरामद गरेको अन्तराष्ट्रिय ब्राण्डका नक्कली सामानहरु बुधवार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरु राखि गैरकानुनी रुपमा उत्पादन गरी बजारमा बिक्री भईरहेको ४४ कार्टुन बिएमसी मिट मसला र उत्तिकै परिणाममा स्याम्पोहरु बरामद गरेको थियो ।

धादिङ धार्के घर भई हाल नैकाप बस्दै आएका बासुप्रसाद बिडारीले ज्योति सोप एण्ड केमिकल्स इन्डष्ट्रिको नाममा अवैध रुपमा मसला र स्याम्पो उत्पादन गर्दै आएको सूचना पाएपछि मंगलबार सो परिणामको मसलासहितको सामान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरीले बिडारी र निजकी श्रीमति ज्योतिलाई पनि नियन्त्रणमा लिई कालो बजारी ऐन अन्तगत कार्वाही प्रक्रिया अघि बढाइएको पनि बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रहरीले गैर कानुनी रुपमा उत्पादन हुँदै आएका ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, ३ सय ७० बक्स स्याम्पो, स्याम्पोका लागि आवश्यक कच्चा पदार्थ लगायतका सामग्री बरामद गरेको हो । बिडारीले अवैध रुपमा संचालन गरेको सो उद्योगमा वार्षिक २ करोड बराबरको कारोबार हुने गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);