बजारमा नक्कली ब्राण्डका सामग्रीको बिगबिगी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बजारमा नक्कली ब्राण्डका सामग्रीको बिगबिगी (भिडियोसहित)

nakkali saman

तेजना पण्डित

काठमाडौं, ३० फागुन । पछिल्लो समय राजधानीमा बिदेशी ब्राण्डका नक्कली समाग्री उत्पादन गरेर उपभोक्ता ठग्ने क्रम बढ्दो छ । खाद्य सामग्रीसहित हरेक सामानमा नक्कली उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै गुण्स्तरमा झुटको खेति भएपछि अहिले प्रहरील सर्च अपरेसन चलाएर विभिन्न तथ्य सार्वजनिक भएको छ ।

मंगलवार प्रहरीले ललितपुरको ईमाडोलमा रहेको मिलन ड्राई कटिङ्ग प्रेसमा छापा मार्यो । जहाँवाट ‘मेड इन चाइना’ ‘मेड इन इण्डिया’को लेवल लगाएका बिएम्सी–मसला, एच्पी तथा क्यानन्–कम्प्युटर, ‘ग्रीनटि–सावुन लगायतका नक्कली प्याकेजिङका सामग्री बरामद गरिएको छ ।

इमाडोलको यो घटना एउटा प्रतिनिधि घटना भएपनि यो नयाँ घटना भने होइन । यस अघिपनि प्रहरीले बिएम्सी–मसला, हेड एण्ड सोल्जर–स्याम्पु, विभिन्न विदेशी ब्राण्डका गुट्खा बनाई बिक्री गरिरहेको गिरोह, नेपाली नोट छापिने गिरोहदेखि नक्कली सुनको कारोवार गर्ने गिरोहलाई समेत पक्राउ गरिसकेको छ ।

त्यसरी पक्राउ परेकाहरुलाई अबैध ओसारपसार तथा कालोबजारी ऐन अन्तर्गतका कसुरमा जिल्ला प्रशासनमार्फत मार्फत कारवाही चलाएको पनि छ । तर, कडा कानुनको अभावमा सजाय भन्दा अबैध कारोवारको लाभ बढि हुनेहुँदा यस्ता कार्य रोक्न कठिन भएको प्रहरीको बुझाई छ ।

यस्ता नक्कली प्याकेजिङका लागि बनाइएका खोलहरु बरामद भएपनि यस्ता सामग्री कहाँबाट उत्पादन भइरहेका छन् भन्ने पत्तालगाउन सरोकारवाला निकाय असफल भइरहेका छन् । बजारमा भेटिएका यस्ता सामग्रीमा मुख्य चिन्ता भनेको गुणस्तरको हो । तर, उपभेक्ताले उजुरी गरेका विएमसी मसलासहितका खाद्यय सामग्री गुणस्तरहीन नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले जाएको छ ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण बिभागले गुणस्तरहिन नभेटेको दवी गरेपनि यसरी गुपचुप उत्पादन भएर बजारमा जाने नक्कली बस्तुमा गुण्स्तर कायम हुन्छ भनेर विश्वास गर्न सकिदैन । यसबाट के प्रमाणीत हुन्छ भने सरोकारवाला निकाय अनुगमनमा प्रभावकारी बनिरहेको छैन । उपभोक्ताहरु पनि ढुक्क भएर खाने वातावरण नभएको उपभोक्ताहरुको चिन्ता छ ।

नक्कली ब्राण्ड र अबैध कारोबार बढ्नु भनेको कानुन कार्यान्वयनमा सरोकारवाला निकाय कमजोर भएको अवस्था हो । उपभोक्ता हितको संरक्षण नहुनु भनेका नागरिकको स्वास्थ्य र देशको अर्थतन्त्रसँग मात्र नभए देशको भविश्यसमेत प्रभावित पार्ने गम्भीर विषय हो । तर, यस्तो संबेदनशील विषयमा समेत अनुगमन गर्ने तथा कानुन कार्यान्वयन गर्ने निकाय प्रभावकारी नबन्नु विडम्बना हो । यसमा नागरिक सचेतना र सरोकारवाला निकायको प्रभावकारितालाई एकसाथ लैजान जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);