नेपाली ब्राण्डका भारतीय नक्कली चुरोट खुलेआम बिक्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली ब्राण्डका भारतीय नक्कली चुरोट खुलेआम बिक्री वितरण

काठमाडौं, १८ कात्तिक । नेपाल र भारत सीमासँग जोडीएका बजारमा नेपाली ब्राण्डका भारतीय नक्कली चुरोट खुलेआम बिक्री वितरण हुने गरेको भेटिएको छ ।

धनुषाको जनकपुर लगायत अन्य क्षेत्रमा नेपाली ब्राण्डका नक्कली चुरोट खुकुरी र शिखरको बिगबगी बढेको भेटिएको हो । धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहँदा समेत सरकारले अनुगमनमा उदासिनता देखाएको छ ।

उक्त समस्या ती दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लामा रहेको छ । जनकपुर भन्सारले धनुषाको गोदार स्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको छ । तर नक्कली चुरोट बिक्री गर्नेलाई अहिले सम्म कुनै कारबाही भएको छैन ।

सरकारले नियम बनाए पनि त्यसको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले खुलासा गरेको छ ।

सम्बन्धित निकायले अनुगमान गर्न नसक्दा भारतसँग सिमा जोडिएका नेपाली क्षेत्रमा खुले आम रुपमा नक्कली ब्राण्डका सूर्तीजन्य पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

स्वदेशी चुरोट उत्पादक सुर्य नेपालले सिमाबर्ति क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिरहेको दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);