घरेलु तथा साना उद्योगमा वैदेशिक लगानी नभित्र्याउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

घरेलु तथा साना उद्योगमा वैदेशिक लगानी नभित्र्याउन सुझाव

काठमाडौं, ३० फागुन । प्रतिनिधिसभाका सांसदहरुले घरेलु तथा साना उद्योगहरुमा वैदेशिक लगानी नभित्र्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले घरेलु तथा साना उद्योगमा पनि वैदेशिक लगानी भित्र्याउने काम गरे नेपालको घरेलु तथा साना उद्योग व्यवसाय समाप्त भएर जाने उल्लेख गर्दै साना उद्योगमा वैदेशिक लगानी भित्र्याउन नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउने कानुनी व्यवस्था संशोधन नगर्न पनि सरकारलाई सचेत गराए ।

सो विधेयकमा कुखुरा पालनका लागि विदेशी लगानी भित्र्याउन सकिने प्रावधान राखिएको छ । त्यसप्रति सांसद पोखरेलको आपत्ति छ । उनले नेपालको घरेलु तथा साना उद्योग नै समाप्त हुने भएकाले यस्ता साना उद्योगमा विदेशी लगानी भित्र्याउन नहुनेतर्फ सरकारलाई सचेत गराए ।

अर्का सांसद गगनकुमार थापाले कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रावधान किन ल्याइएको भन्दै सरकारलाई प्रश्न गरे । उनले मौरी पालन, माछा पालन जस्ता नेपालको घरेलु तथा साना उद्योगमा विदेशी लगानी नगर्ने विद्यमान ऐन संशोधन गर्न नहुने पनि स्पष्ट पारे ।

विधेयकमा मौरी पालन, माछा पालनमा भने विदेशी लगानी नगर्ने उल्लेख गरिएको छ । तर कुखुरा पालनमा भने विदेशी लगानी भित्र्याउने भनिएको छ । कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने कुरा षडयन्त्रपूर्वक आएको उल्लेख गर्दैै काँग्रेस नेता समेत रहेका थापाले त्यो प्रावधान तत्काल हटाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

नेपालमा घरेलु तथा साना उद्योगको संरक्षणका लागि पनि त्यसमा विदेशी लगानी नभित्र्याउने कानुनी व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);