बिदेशी लगानी भित्र्याउने सरकारको तयारी प्रति व्यवसायीको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

बिदेशी लगानी भित्र्याउने सरकारको तयारी प्रति व्यवसायीको आपत्ति

udhyogi ko bhanai

काठमाडौं, १ चैत । उद्योगी व्यवसायीहरुले घरेलु तथा साना उद्योगमा विदेशी लगानी भित्र्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् । शुक्रबार संघीय संसदको उद्योग समितिको बैठकमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलका क्रममा ब्यवसायीहरुले आपत्ति जनाएका हुन ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको उद्योग समितिका सभापति अञ्जन श्रेष्ठले नेपाली उद्योगी आफै समक्ष भएकाले घरेलु तथा साना उद्योगमा विदेशी लगानी नभित्र्याउन सरकारसँग माग गर्नु भयो विधेयकमा कुखुरा पालनमा विदेशी लगानी भित्र्याउने प्रस्ताव गरिएकोमा उद्योगी व्यवसायीहरुको आपत्ति छ ।

विज्ञहरुले भने नेपाली उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्र्याउँदा आपत्ति मान्नुपर्ने अवस्था नरहेको धारणा राखेका थिए ।

अर्थविद् एवम् पूर्व राजदुत डाक्टर शंकर शर्माले डेरी उद्योगमा विदेशी लगानी भित्रयाउँदा किसानहरुलाई प्रविधिसमेत भित्रिने भएकाले समस्या नहुने तर्क गरे । उनले कुखुरा पालनामा भने विदेशी लगानी ल्याउन नहुने गरी कानुन बनाउन उपयुक्त हुने सुझाव सरकारलाई दिए ।

तयसैगरी पूर्व उद्योग सचिव पुरुपोत्तम ओझाले नेपालको राष्ट्रिय आवश्यक्तालाई ध्यानमा राखेर विदेशी लगानी भित्र्याउनुपर्ने स्पष्ट पारे ।

विधेयकमा माछा पालन, मौरी पालनामा नेपाल आफै सक्षम रहेको उल्लेख गर्दैै त्यसमा भने विदेशी लगानी आवश्यक नरहेको उल्लेख गरिएको छ ।

ताजा समाचार