वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गन्तव्य मुलुकमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गन्तव्य मुलुकमै

gokarna bista

काठमाडौं, १ चैत । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने योजना अघि सारेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अस्वभाविक रुपमा हुँदै आएको मृत्युलाई रोक्न पनि सरकारले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि गन्तव्य मुलुकमै स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरिरहेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारमा गएकाहरुमा बढि किड्नीको समस्या देखिएको उल्लेख गर्दै त्यो समस्या आउन नदिन पनि सरकारले गन्तव्य मुलुकमै नेपाली चिकित्सकहरुको टोली आवश्यक्ता अनुसार पठाएर स्वास्थ्य परिक्षण गर्ने निर्णय लिनु परेको बताए । मन्त्री विष्टले वैदेशिक रोजगारीकै क्रममा ज्यान गएकाहरुको परिवारलाई सम्बन्धित स्थानीय तहबाटै क्षतिपूर्ति दिने व्यवस्था पनि गरिएको बताए ।

कार्यक्रममा मन्त्री विष्टले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बबरमहलमा सारिएको नयाँ कार्यालयको कामको पनि शुभारम्भ गरेका छन् । नयाँ बानेश्वरमा रहेको सो कार्यालय सेवाग्राहीलाई सहज सेवा पु-याउने उद्देश्यका साथ बबरमहलमा सारिएको पनि मन्त्री विष्टले स्पष्ट पारे । उनले सरकारले वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सक्दो प्रयास गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);