सरकारले बैंकमार्फत् कृषकलाई अनुदान उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले बैंकमार्फत् कृषकलाई अनुदान उपलब्ध गराउने

money

काठमाडौं, १ चैत । सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् रकम वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बैंकमार्फत् कृषकहरुको हातमा अनुदानको रकम वितरण गर्नका लागि ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना पनि अघि सारेका छन्।

मन्त्री खनालले मलको अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा पनि समितिमा राखेका छन् । सो कार्डको आधारमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्ने मन्त्री खनालले निर्देशन दिएका छन् ।

मन्त्री खनालले सरकारले रासायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको बताए । बैठकमा समितिका सदस्यहरुले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।

समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिए । उनले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गरेका थिए । समितिका सदस्यहरुले मलको अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन पनि सचेत गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);