बजेट अभावमा आवश्यक मलको व्यवस्था हुन सकेन : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बजेट अभावमा आवश्यक मलको व्यवस्था हुन सकेन : मन्त्री खनाल

काठमाडौ, १३ भदौ । कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्न नसकिएको बताएका छन् ।

मुलुकमा मलको अभाव भइरहँदा मन्त्री खनालले बजेटको अभावका कारण त्यसको उचित व्यवस्था गर्न नसकिएको स्पष्टिकरण दिएका हुन् ।

बुधबार प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले तत्कालका लागि ५ लाख मेट्रिक टन मलको अभाव भएपनि सरकारसँग साँढे २ लाख मेट्रिक टनमात्रै मल खरिद गर्न सक्ने बजेट रहेको समितिलाई जानकारी दिए ।

मन्त्रालयसँग मल खरिदका लागि ६ अर्ब अनुदान बजेटको व्यवस्था गरिएको छ । सो बजेटले मलको अभाव पूर्ति गर्न सकिने अवस्था नरहेकोे मन्त्री खनालले बताए । मन्त्री खनालले गोदामको अभाव हुँदा पनि मलको आपूर्ति व्यवस्थालाई सहज बनाउन नसकिएको दावी गरे ।

मन्त्री खनालले सरकारले मल तथा विउविजनको अभाव हुन नदिन आवश्यक योजना बनाएको बताए । उनले अव धानबालीका लागि मलको अभाव हुन नदिने र त्यसपछि विउविजनको उचित व्यवस्था गर्ने योजना अघि सारे ।

मन्त्री खनालले कृषि सामग्री संस्थानलाई मलको अभाव हुन नदिन आवश्यक निर्देशन दिइएको पनि समितिलाई जानकारी गराए । बैठकमा समितिका सदस्यहरुले मलको उचित व्यवस्था गर्न नसकेको भन्दै मन्त्री खनालको चर्को आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);