मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न अर्थमन्त्रीकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न अर्थमन्त्रीकाे आग्रह

yubraj khatibada

काठमाडौं, १३ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । मुलुक सवल अर्थमतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै उनले नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गरे ।

सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाह्य तथा निजी क्षेत्रका लगानीकर्ताहरुको मनोबल गिर्नेतर्फ पनि सम्बन्धित सबैलाई सचेत गराए ।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न सरकारले अहिले पनि कतिपय आयातित बस्तुहरुमा जोड दिनु परेको पनि स्पष्ट पारे । निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदाता लगायतका बस्तुहरु नेपालको लागि अतिआवश्यक रहेको अर्थमन्त्री खतिवडाको तर्क छ ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिदर बढ्दै जाने दावी गरे । उनले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);