अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न अर्थमन्त्री खतिवडाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न अर्थमन्त्री खतिवडाको आग्रह

yub raj khatiwada

काठमाडौं, २ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न संचार माध्यामहरुलाई आग्रह गर्नु भएको छ । बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा भन्सार विभागको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई सजिलो नभएको भन्दै हल्का टिप्पणी नगर्न संचार माध्यमहरुलाई आग्रह गर्नु भएको हो ।

अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ?भनेर एकीन गर्ने अवस्था नरहेको पनि उहाँले दाबि गर्नु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सार लगायतका शुल्कहरुको व्यवस्थालाई परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले व्यापार घाटा बढदै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने/नहुने बहसको विषय भएको बताउनु भयो । मन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);