राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

arthamantri khatiwada-bhansar gosthi

काठमाडौं, १६ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।

बिहिबारबाट राजधानीमा शुरु भएको भन्सार गोष्टीमा अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धि नीति ल्याएको दावी गर्नुभयो । उहाँले त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धि थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

महानिर्देशक दंगालले देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);