अनियमितता गर्ने कर्मचारीमाथि कार्वाही गर्ने अर्थमन्त्रीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अनियमितता गर्ने कर्मचारीमाथि कार्वाही गर्ने अर्थमन्त्रीको चेतावनी

yubraj khatiwoda

काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनियमितता गर्ने भन्सार कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनलाई स्वच्छ, पारदर्शी र सदाचारी बनाउन मुख्य जोड दिइएको बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भन्सार कर्मचारीले बदमासी गरेको पाइए तत्काल मन्त्रालयमा खवर गर्न पनि उनले उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

निजी क्षेत्रको सहयोगमा सरकारले भन्सार प्रशासनलाई शुद्ध र सदाचारी बनाउने योजना तय गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय उत्पादनलाई बृद्धि गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको दावी गरे । उनले लगानी मैत्री वातावरण बनाउन सरकार लागि परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);