एक डलर किन्न १ सय १६ रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एक डलर किन्न १ सय १६ रुपैयाँ

dollar

काठमाडौं, २७ भदौ । एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १६ रुपैयाँ २३ पैसा तिर्नुपर्ने भएको छ।

राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको खरिद दर ११५.६३ रुपैयाँ र बिक्री दर ११६.२३ रुपैयाँ तोकेको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँमात्र नभएर संसारका लगभग सबै मुलुकका मुद्रा अवमुल्यन भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले चुनावका दौरानमा अगाडि सारेको ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराअनुसार कतिपय क्षेत्रमा सुधारका काम भएकाले विश्वभर नै अमेरिकी डलरको मूल्य बढेको हो।

अमेरिकाले आयातित सामानमा भन्सार थप गर्दा उसलाई दोहोरो फाइदा भएको छ । पहिलो भन्सार थप भएपछि राजस्व बढेको छ । दोस्रो बन्द रहेका स्वदेशी उद्योगहरू फेरि सञ्चालनमा आउन थालेका छन् र रोजगारीका अवसर बढेका छन् । एक दशकयता अहिले अमेरिकामा बेरोजगारीको दर सबैभन्दा कम भएको छ । आर्थिक गतिविधि पनि बढेका कारण अर्थतन्त्र मजबुत बनेको छ । विभिन्न मुलुकमा गएका अमेरिकी लगानीकर्ता स्वदेशमा फर्कन थालेका छन् । विदेशी लगानीकर्ताले पनि अमेरिकामा लगानी गर्न थालेका छन् । यिनै प्रमुख कारणले अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको भाउ संसारभर बढेको हो।

डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमुल्यन हुन्छ त्यहीअनुसार नेपाली मुद्राको अवमुल्यन गर्ने परम्परा छ । अर्थशास्त्रीहरूले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढने बताउँदै आएका छन् । एक डलरबराबर एक सय २० रुपैयाँसम्म पुग्न सक्ने अर्थशास्त्रीहरूको आकलन छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);