पूर्वी चीनको जियान्सु प्रान्तस्थित हुआईआनमा रहेको हङ्जे तालको ‘सान्हे स्लुइस गेट’का सबै ६३ वटै ढोकाहरू शनिवार दिउँसो खोलिएका छन् । माथिल्लो तटीय क्षेत्रबाट पानीको बहाव बढेसँगै तालमा थुप्रिएको बाढीको चाप कम गर्न ती ढोकाहरू खोलिएका हुन् । अधिकारीहरूकाअनुसार बाँधका ढोकाहरू खुला गरेपछि हुआई नदीमा प्रतिसेकेन्ड ५ हजार घनमिटरभन्दा बढी पानीको निकास भइरहेको छ । बढ्दो जलस्तरलाई सुरक्षित तवरले व्यवस्थापन गर्न र सम्भावित जोखिम न्युनिकरण गर्न यो कदम चालिएको बताइएको छ ।




