सप्तकोशीका ५६ वटै ढोका खुल्ला, पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सप्तकोशीका ५६ वटै ढोका खुल्ला, पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन

koshi

काठमाडौं, २९ असार । पानीको बहाब बढेसँगै व्यारेज नै खतरामा परेपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।

लगातार परेको पानीका कारण सप्तकोशीमा पानीको बहाब बढ्दो छ । पहाडी जिल्लामा पानी आउने क्रम अझै नरोकिएकाले यो बहाब अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । सप्तकोशीमा पानीको बहाब बढेसँगै कोशी प्रभावित क्षेत्र डुबानमा पर्न थालेपछि व्यारेजका ढोका खोल्न स्थानीयले दबाब दिएका थिए । भारतलाई जोगाउने नाममा नेपाल डुबाउन पाइँदैन भन्दै सामाजिक सञ्जालबाट पनि बिरोध भएपछि सप्तकोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको हो । सबै ढोका खुल्ला गरिएपछि पानीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले व्यारेजमा पानीको बहाव ३ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);