आज २०६ औँ भानु जन्मजयन्ती मनाउदै, समृद्ध बनाउने अभियानमा महत्वपूर्ण भूमिका | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आज २०६ औँ भानु जन्मजयन्ती मनाउदै, समृद्ध बनाउने अभियानमा महत्वपूर्ण भूमिका

Bhanubhakta_Acharya

काठमाडौं, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको २ सय ६ औ जन्मजयन्ति देशैभर देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।

भानुजयन्तीकै अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पु¥याउन साहित्यकारहरुलाई आग्रह गर्नुभयो । उहाँले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेकोमा जोड दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेका भन्दै त्यसलाई निष्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो

कार्यक्रममा राष्ट्रकबि माधव घिमिरेलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीहरुलाई भाषाको माध्यामबाट एउटै सुत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रुपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गर्नु भयो ।

रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सुुत्रको बाँध्न पु¥याउनु भएको योगदान अतुलनीय रहिआएको छ । त्यसैगरी आदिकवि भानुभक्त आचार्यले लेख्नु भएको बधु शिक्षा, प्रश्नोत्तर लगायतका साहित्यिक कृतिहरु नेपाली भाषीका लागि आज पनि उत्तिकै प्रिय छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);