अबिरल वर्षाका कारण अहिलेसम्म ५० जनाको मृत्यु, २५ जना घाईते ३३ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अबिरल वर्षाका कारण अहिलेसम्म ५० जनाको मृत्यु, २५ जना घाईते ३३ जना बेपत्ता

rautahat duban

काठमाडौं, २९ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोमा परी २१ महिला र २९ पुरुषको ज्यान गएको छ । त्यसैगरी बाढी पहिरो र डुवानमा परेर २५ जना घाइते भएका छन् । उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् ।

अहिलेसम्म एक हजार १सय ४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश १ को पाँचथर, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन्। प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् । यस्तै, प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);