चिसो बढेसंगै बाढीपहिरो प्रभावितहरुको दैनिकि कष्टकर बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

चिसो बढेसंगै बाढीपहिरो प्रभावितहरुको दैनिकि कष्टकर बन्दै

बाग्लुङ, २४ कार्तिक। चिसो बढेसंगै बाग्लुङका बाढीपहिरो प्रभावितहरुको दैनिकि कष्टकर बन्दै गएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते आएको बाढीपहिरोले विस्तापित बनेका स्थानीय चिसो मौषममा पाल र टिनको छाप्रोमा दिन काट्न बाध्य छन् ।

गत असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ र सिन्धुपाल्चोक जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी नोक्सानको मूल्याङ्कन गरी पुनर्निर्माण गर्ने घोषणा गरेपनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । सरकारले बाग्लुङ र सिन्धुपाल्चोक जिल्लालाई बिपदग्रस्त क्षेत्र घोषणा गरेको डेढ महिना पुग्दा समेत बाढीपहिरो पीडितहरूले अहिलेसम्म सरकारी घोषणको अनुभुती पाउन सकेका छैनन् । मौसम परिवर्तनसंगै जाडो एक्कासी बढेपछि पीडितहरूले बस्ने घर बनाइदिन सरकारसंग माग गरेका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकार लगायत विभिन्न संघसंस्था, राजनीतिदल, विदेशमा रहेका नेपालीहरू र व्यक्तिहरूको आर्थिक तथा भौतिक सहयोग पाएका त्यस क्षेत्रका पीडितहरुले सरकारसंग घर बनाइदिन माग गरेका हाे। पिडितहरुलाई धेरै संघसंस्थाबाट खाद्यान्न सामाग्रीहरु प्राप्त भएपनि बासस्थान नहुँदा समस्या भएको छ । बाढी पहिरोले घरबार बिहिन भएका परिवारलाई ढोरपाटन नगरपालिकाले नगरपालिका भित्र पक्की घर निर्माण गरिदिने घोषणा गरेपछि अहिलेसम्म राहत कोषमा २ करोड रूपैयाँ जम्मा भईसकेको नगरपालीकाले जनाएको छ ।

गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आएको बाढीपहिरोले १ सय ४४ घर परिवार बिस्तापित भएका छन् । बाढीले बगाएर वेपत्ता भएका ३७ जना मध्ये २२ जनाको शव फेला परेको थियो भने वाकी अझै पनि बेपत्ता छन् । अहिल जाडो बढेपछि त्यस क्षेत्रका पिडित बिरामी पर्न थालेका छन् ।

बागलुङ जिल्लामा यसबर्ष बाढी पहिरोले ५ सय ९० घर परिवारमा क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यलयको तथ्याङक छ । बाढीपहिरोका कारण विस्थापित परिवारको पुर्नस्थापनकोलागि जिल्ला विपद व्यवस्थापन समितिले गृह मन्त्रालय विपद अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखामा सिफारिस गरेर पठाएको छ ।

संघीय सरकारले बिपतग्रस्त जिल्ला घोषणा गरेपनि अहिलेसम्म जिल्लामा भएको धनजनको क्षति र बाढी पहिरोले बगाएको घर बनाउने काम कहिलेबाट शुरू हुने भन्ने केही अत्तोपत्तो छैन । जिल्लामा असारदेखि हालसम्म बाढी पहिरोमा परि ३८ जनाको ज्यान गएको छ भने ढोरपाटन नगरपालिकाको भुजि खोलामा आएको बाढीमा परेका १५ जना अझै बेपत्ता छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);