भारतीय एसएसबी हतियार सहित नेपाली भूमीमा प्रवेश गरे पछि स्थानियले लखेटे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतीय एसएसबी हतियार सहित नेपाली भूमीमा प्रवेश गरे पछि स्थानियले लखेटे

कञ्चनपुर, २४ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा न. १० भुडामा हतियार सहित भारतीय एसएसबी नेपाली भूमीमा प्रवेश गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । भारतीय सुरक्षाकर्मी (क्क्द्य) ले बिबादित स्ट्रीप नक्साको आधारमा एकतर्फी रुपमा सीमा स्तम्भको निरीक्षण गर्ने भन्दै हतियार सहित एसएसबी नेपाली भूमीमा प्रवेश गरेपछि स्थानीयले विरोध गर्दै स्थानीय सिमावर्ती नेपाली जनता र सशस्त्र प्रहरीको टोलीले भारतीय क्क्द्य को टोलीलाई फर्काई दिएको छ ।

उनीहरुलाई भयवित हुनेगरी अबदेखि नेपाली भूमीमा प्रवेश नगर्न आग्रह समेत गरेका छन् । अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले वषौँदेखि सीमा विवाद रहेको उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको बताए । बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३१, ३२ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको पाईएपछि उनीहरुलाई सम्झाईबुझाई गरिएको बताए ।

दुई देशबीचको सिमानामा नाप नक्सा गर्दा दुबै देशको सहमतिमा सिमा सर्वे वा नाप नक्शा गर्नु पर्ने कानुनी प्रावधान रहे पनि भारतीयहरूले नेपाली पक्षलाई खबरनै नगरी विवादित स्ट्रिप म्यापको आधारमा एकतर्फी बलमिचाई गरी नापी नक्सा गर्दै हिँड्नु भारतिय पक्षको हेपाहा र गुण्डागर्दी व्यवहार रहेको स्थानीय सिमावर्ती नेपालीहरूको बुझाई रहेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत बोलाइ स्थानीयले एसएबसीलाई सम्झाएर उप्रान्त जथाभावी नेपाली भूमीमा प्रवेश नगर्न आग्रह गरिएको पन्तले बताए । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको नियमित निरीक्षणका क्रममा एसएसबी सीमा क्षेत्रमा आएको भएपनि पूर्व जानकारी नहुँदा स्थानीयले विरोध गरेको बताए ।

उनले दुवै देशका तर्फबाट सीमा स्तम्भको बेलाबेला स्थलगत निरीक्षण गर्ने काम संयुक्त र एकतर्फी रुपमा हुदै आएको जनाउँदै अस्वभाविक कुरा भने नरहेको बताए । तर अबदेखि पूर्व जानकारी गराएर मात्र निरीक्षणमा आउन एसएसबीलाई आग्रह गरिएको प्रजिअ महतोले बताए ।

एक पटक हैन दुई पटक हैन पटक पटक भारतीय पक्षबाट गरिने ब्यवहार निन्दनीय छ तसर्थ भारतीय बिसतारवाद नितिको अन्त्य र नेपाल भारत सीमा क्षेत्रमा हुने यस्ता घटनाले निम्त्याउन सक्ने सम्भावित धनजनको क्षतिप्रति वेलैमा सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);