दशगजा क्षेत्रमा नापीको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशगजा क्षेत्रमा नापीको काम सुरु

बटुकनाथ झा
धनुषा, ११ साउन । धनुषाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगजा क्षेत्रमा नापीको काम सुरु भएको छ । नेपाली भूमीमा भारतले कस्टम कार्यालय बनाउन लागेकाले नापी टोलीले सर्वेक्षण सुरु गरेको हो ।

धनुषाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगजा क्षेत्रमा भारतले अघिल्लो महिना कस्टम कार्यालय बनाउन थालेको थियो । नेपाली भूमीमा कस्टम बनाउन लागेको भन्दै स्थानीय आन्दोलित भएपछि भारतले काम रोकेको थियो ।

एक महिनापछि दशगजामा नेपाली नापी टोलीले सर्वेक्षण सुरु गरेको हो । सर्वेक्षणमा परराष्ट्र,गृह तथा नापी विभागका कर्मचारी खटिएका छन् ।

त्यस्तै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको बेला गाउँमा रहेको नदीमा पुल बनाउन लागेको कामलाई समेत भारतीय पक्षले रोक लगाएपछि त्यसको समेत टोलीले अनुगमन गरेको छ । पुल नहुँदा कामकाज प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।

भारतीय एसएसबीका प्रतिनिधिको रोहबरामा नेपाली टोलीले अनुगमन गरेको हो । सर्वेक्षणका लागी पुगेको टोलीसँग सो क्षत्रका स्थानीयले सीमा क्षेत्रमा हुने विवाद अन्त्यको पहल गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);