सरकारी कार्यालय खारेज भएसँगै दाङका कर्मचारी अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सरकारी कार्यालय खारेज भएसँगै दाङका कर्मचारी अन्योलमा

गोपाल शर्मा भट्टराई

दाङ, ११ साउन । जिल्ला सरकारी कार्यालयहरु खारेज भएसँगै दाङका कर्मचारीहरु अन्यौलमा परेका छन् । कार्यालय खारेज भएपछि कर्मचारीले काम नपाएर हाजिर मात्र गरेर दिन बिताउने गरेका छन् ।

दाङमा जिल्ला सरकारी कार्यालयहरु खारेज भएपछि सो कार्यालयमा रहेका कर्मचारीहरु अन्यौलमा परेका हुन् । ती कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राही पनि कहाँबाट सेवा लिने भन्ने अन्यौलमा छन् ।

स्थानीय तहबाट कामकाज हुनेभएपछि जिल्ला स्थित कार्यालयहरु खारेज भएका हुन् । खारेजीमा परेको जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरु हाजिर गरेर दिन बिताउने गरेका छन् । महिला बालबालिका र डिभिजन सहकारी कार्यालयका कर्मचारिहरु विभागको पत्रसँगै जिल्ला समन्वय समितिमा हाजिर हुन पुगेका छन् ।

खारेजीमा परेका कार्यालयका सम्पत्तिको व्यवस्थापनको जिम्मा पाएको जिल्ला समन्वय समिति पनि कुन कुन कार्यालय खारेजीमा परेको जानकारी नभएर अन्यौलमा छ ।

खारेजीमा परेको भनिएका केहि कार्यालयले भने थप जिम्मेवारी पाएकाले पनि कर्मचारि दुविधामा परेका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले थप जिम्मेवारी पाएको छ । घरेलु तथा साना उद्योग कार्यालयलाई अर्को व्यवस्था नभए सम्म नियमित काम गर्न विभागले पत्रचार गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);