खारेज भएका जिल्ला कार्यालयको सम्पती समन्वय समितिमा बुझाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

खारेज भएका जिल्ला कार्यालयको सम्पती समन्वय समितिमा बुझाउन सुरु

kharej karyalaya

मदन विश्वकर्मा
बाजुरा, ३ साउन
। बाजुरामा खारेज भएका जिल्ला कार्यालयहरुले सम्पत्ति बुझाउन सुरु गरेका छन् । कार्यालयहरुले चल अचल सम्पत्ति जिल्ला समन्वय समितिलाई बुझाउन सुरु गरेका हुन् ।

स्थानीय तहबाट कामकाज हुने भएपछि बाजुरामा खारेज भएका जिल्लास्तरीय कार्यालयहरुले सम्पत्ति जिल्ला समन्वय समिति लाई बुझाउन सुरु गरेका हुन् । महिला तथा बालबालिका कार्यालयले चल अचल सम्पत्ति जिल्ला समन्वय समितिलाई बुझाएको छ । अन्य कार्यालयले पनि सम्पत्ति बुझाउने तयारी गरेका छन् । खारेज भएका कार्यालयका चल अचल सम्पत्ति स्थानीय तहलाई आवश्यकताका आधारमा बाँडफाँड गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

कार्यालय खारेज भएपछि कर्मचारीहरु समेत अन्योलमा परेका छन् । खारेज भएका कार्यालयहरूले स्थानिय तहबाट सेवा प्रदान गर्नुपर्ने भएपनि काम नहुँदा सेवाग्राही मारमा परेका छन् ।

सरकारले साउन १ गतेदेखि शिक्षा, जनस्वास्थ्य, कृषि, पशुसेवा, प्राविधिक, वन, बाल कल्याण समिति, शान्ति समिति, सहकारी, भू–संरक्षण, घरेलु तथा साना उद्योग, महिला तथा बालबालिका, जिल्ला अस्पताल, सिंचाइ, खानेपानी, सहरी विकास डिभिजन र जिल्ला खेलकुद विकास समिति खारेज गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);