दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षले हटायो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षले हटायो

कञ्चनपुर, २३ पुष । कञ्चनपुर स्थित नेपाल भारत दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अस्थायी पोष्ट बनाएपछि नेपाली पक्षले तत्काल हटाउन लगाएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० संगै जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले बुधबार अस्थायी पोष्ट बनाएको थियो ।

नेपाली पक्षले थाहा पाएपछि सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुर र स्थानीय नेपाली नागरिकहरुको संयुक्त टोलीले भारतीय एसएसबीलाई तुरुन्त त्यसठाउँबाट अस्थायी पोष्ट हटाउन लगाएको सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाले बताउनु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);