भक्तपुरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर एक जनाको मृत्यु

mahila ko mirtu

भक्तपुर, २२ पुष । भक्तपुरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाईट बस्ने गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर सोही नगरपालिका ६ चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका(९ घर भएका ४५ वर्षीय राजन खड्काको आज दिउँसो मृत्यु भएको छ ।

खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार सूर्यविनायक नगरपालिका ६ पाण्डुबजार हाइटमा गोविन्द राजकर्णीकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की एक्कासी खसेर गम्भीर घाइते भएका थिए ।

घाइते कार्कीको मध्यपुर अस्पताल ठिमिमा उपचारको क्रममा मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनै ठेकदारमार्फत इश्वर कार्कीले रेलिङ लगाउन उक्त घरमा गएको पाइएको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);