छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं। तनहुँ, मोरङ र प्युठानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र. १००२ त ५२१२ नम्बरको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीया शान्ता रोका रहेकी छन् । उनको बुधबार बिहान मृत्यु भएको हो । खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा बा.४३ प ३०२० नम्बरको मोटरसाइकललाई ग.३ च ४१८२ नम्बरको बलेरोले मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार मकवानपुर भिमफेदी गाउँपालिका–१ घर भएका २३ वर्षीय दिपेश गोले रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवार साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका–७ माउन्टेन मकालु बोर्डिङ स्कुलको गेटमा स्कुलको को.१ क ११३० नम्बरको बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने विद्यार्थी सोही ठाउँ बस्ने महादेव मण्डलको छोरा ४ वर्षीय रितिक मण्डल रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रितिकको टाईम्स अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी स्कुलकी विद्यार्थी रंगेली नगरपालिका–६ बस्ने नरेश मण्डलकी छोरी ५ वर्षीया सनम कुमारी मण्डललाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । हाल फरार रहेका बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

PreviousNext

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);