छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारी छन् । उनको सोमबार राती मृत्यु भउको हो।दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही असपताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ । दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको थाक्रे गाउँपालिका–५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डि.आई गाडी सोमबार दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका–१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);