सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

वीरगञ्ज। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ । सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ ।नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित रजतजयन्ती क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षा व्यवस्था कडा पारिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उनका अनुसार मुख्य नाकामा विपद् व्यवस्थापन गुल्मका तालिम प्राप्त कुकुर, नेपाल प्रहरी र एवम् सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेका छन् । भारतबाट प्रवेश गर्ने पैदल यात्रुदेखि सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ ।निर्वाचनलाई विथोल्न विष्फोटक पदार्थ तथा साना हातहतियारको प्रयोग हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सीमानाकामा सुरक्षा सर्तकता बढाइएको प्रजिअ ढकालले बताए । मितेरी पुल, शंकराचार्य गेट तथा छपकैया, सिर्सिया छोटी भन्सार नाकामा तालिम प्राप्त कुकुर सहितको टोलीले नियमित गस्ती र चेकजाँच गरिरहेको छ उनले भने ।नेकपा विप्वल लगायत केही साना राजनीतिक समूहले निर्वाचन विथोल्ने निर्णय गरेको र विभिन्न ठाउँमा निर्वाचन वहिष्कार गरौ भन्ने नारा सहित वालपेन्टिङ गरेका छन् । खुला सीमाको कारण बिष्फोटक पदार्थ र साना हतियारको ओसारपोसार हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्सा र बाराको सुरक्षा निकायले सतर्कता र निगरानी बढाएको प्रजिअ ढकालले बताए ।

निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विशेष सुरक्षा योजना बनाएर लागु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । निर्वाचनमा कुनैपनि शंकास्पद गतिविधि हुन नदिन तीन वटै सुरक्षा निकायलाई विशेष चनाखो हुन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । पर्सामा निर्वाचन अवधिभर करिव ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);