संसद भवन प्रवेशमा पनि कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद भवन प्रवेशमा पनि कडाइ

काठमाडाैं । एमसिसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दाेलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेकाे छ ।

सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई माेर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएकाे हाे । उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थित रहेकाे छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएकाे बताए ।  बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे । संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइ‍एकाे एक प्रहरी अधिकारीले बताए । संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ ।

सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । त्यसपछि दिउँसाे १ बजे संसद बैठक बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);