उपत्यकाका विभिन्न स्थानबाट उच्छ्ङ्खल गतिविधीमा संलग्न १३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकाका विभिन्न स्थानबाट उच्छ्ङ्खल गतिविधीमा संलग्न १३ जना पक्राउ

काठमाडौं । साना ६ दलले आव्हान गरेको नेपाल बन्द सफल पार्न विभिन्न गतिविधि गर्दै हिडेका १३ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । उच्छ्ङ्खल गतिविधीमा संलग्न रहेको भन्दै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जानकारी दिएको हो । 

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्दको आह्वान गरेका छन् ।

बन्दलाई असफल बनाउन र शान्ति सुरक्षा कायम गर्न सडकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । यस्तै सवारी साधन निर्बाध सञ्चालन गर्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले चालकहरुलाई अनुरोध गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);