सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

भदौ ९ २०८३, बुधवार

सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने

काठमाडौं ।

नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले तिब्बततर्फबाट आएको बाढीबाट मानवीय तथा भौतिक क्षति हुनुका साथै प्रभावित क्षेत्रमा गम्भीर मनोवैज्ञानिक परेको भन्दै सरकारलाई तत्काल उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा जुट्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हालसम्म धादिङमा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको जानकारी दिनुभयो । उहाँले धादिङ कयौँ पुलहरु बगाएको तथा जिल्ला सदरमुकामसँगको सम्पर्क विच्छेद भएको जानकारी समेत गराउनु भयो ।

उहाँले बाढीबाट धादिङभन्दा बढी नुवाकोट र नुवाकोटमा भन्दा रसुवामा बढी क्षति भएको अनुमान गर्न सकिने समेत बताउनु भयो । उहाँले यो गम्भीर परिस्थितिमा राहत, पुनस्र्थापना, उद्धार र पुनर्निर्माणमा पूर्ण रूपमा लाग्न सरकारलाई आग्रह गर्दै प्रतिपक्षी दलका तर्फबाट यस कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढी नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुगेको छ ।

Leave a Reply

ताजा समाचार