बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द

एजेन्सी,२२ चैत्र । बम आक्रमणको चेतावनी पछि नर्वेको संसद बुधवारबाट बन्द गरिएको छ । राष्ट्रिय प्रशारक एनआरकेले पुलिसलाई उद्धृत गर्दै मंगलबार साँझ एउटा र बुधवार बिहान बकम आक्रमण गर्ने अर्को धम्की आएपछि बन्द गरिएको जनाएको हो ।

प्रहरीले दुई धम्कीहरूको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ । संसदमा प्रवेश गर्ने सबै प्रवेशद्वारहरू बन्द गरिएको छ । बुधवार बिहान १० बजेदेखि भवन वरपरका क्षेत्रलाई पनि घेराबन्दी गरिएको थियो ।

सुरक्षा उपायहरूले संसद भवन वरपरको ट्राफिक प्रवाह र सार्वजनिक यातायात सेवाहरूमा उल्लेखनीय समस्या निम्त्याएको छ । नर्वेका न्याय मन्त्री एमिली एन्गर मेहलले स्टोर्टिङ बिरुद्ध बमको धम्कीलाई अप्रिय र अस्वीकार्य भन्दै निन्दा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);