कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कपिलवस्तुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द

कपिलवस्तु, २३ साउन । कपिलवस्तुमा शुक्रबार बिहानैबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबारबाट १० दिनसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रशासन कार्यालयले विहीबार एक सुचना जारी गर्दै शुक्रबार (यही साउन २३ गते बिहान ५ बजे) बाट लागु हुने गरी साउन ३२ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कपिलवस्तुमा समुदाय स्तरमा नै देखिएकाले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो । शुक्रबार बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको भन्दै प्रशासनको सुचना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यालय कपिलवस्तुले चेतावनी दिएको छ ।यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जो गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन गर्न सकिने छ । यद्यपि पसल, व्यवसाय भने स्वास्थ्य सम्बन्धि मापदण्ड प्रयोग गरेर सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);