प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था छैन : शिक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था छैन : शिक्षामन्त्री पोखरेल

girirajmani pokhrel

काठमाडौं, २३ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोखरेलले अहिलेको समयमा प्रत्यक्ष कक्षा कोठामा भेला भएर पठन पाठन गर्ने अवस्था नरहेकाले सबै तहका सरकारले वैकल्पिक सिकाईलाई जोड दिनुपर्ने बताउनुभएको हो ।

मन्त्री पोखरेलले वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले बन्दा बन्दीका समयमा विभिन्न वैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसंग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउँदै सोही अनुसार वैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने बाउनुभयो ।

मन्त्री पोखरेलले लामो समय देखि स्कुलहरु बन्द रहेकाले पठन पाठन प्रभावित रहेको तर्फ सरकार सचेत र गम्भीर बन्दै दुरशिक्षाको पद्धतिको आधारमा सिकाई अगाडि बढाउन निर्देशिका जारी गरेको उल्लेख गर्नुभयो । उहाँले सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन महिना भित्र स्कुल पुग्न निर्देशन भएको र सो विषयमा सरकारले कुनै पनि किसिमको छुट दिन नसक्ने बताउनुभयो ।

पठन पाठन सुरु नभएको अवस्थामा सरकारी शिक्षकहरुलाई स्कुल पुग्नैपर्ने निर्देशनको विरोध भईरहेका बेला मन्त्री पोखरेलले सो निर्देशनलाई सरकारले पुर्नविचार नगर्ने स्पष्ट पार्नुभएको हो ।

बैठकमा केही समिति सदस्यले निजी क्षेत्रबाट सञ्चालित विद्यालयले अनलाईन शिक्षा सुरु गरेको भएपनि तीनै स्कुलका शिक्षकले तलब नपाएको तर सामुदायिक स्कुलकका शिक्षकले बसी बसी तलब पाईराखेको भन्दै उनीहरुको समस्याको सम्बोधन पनि सरकारले गर्नुपर्ने धारणा राखेका थिए ।

मन्त्री पोखरेलले संक्रमितलाई राख्नका लागि वैकल्पिक व्यवस्था गरि क्वारेन्टीन बनाईएका स्कुलहरुलाई क्रमैसंग खाली गर्ने र निर्मलिकरण गरिने स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);