बाढीले बगाएर एक बालिका बेपत्ता

सांकेतिक फोटो

बाजुरा, २३ साउन । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा अविरल वर्षासंगै आएको बाढीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं. ५ कवाडीकी पाँच वर्षीया बालिका इसु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनु भयो ।

प्रहरी निरिक्षक रोकायाका अनुसार बालिका शुक्रबार बिहान धारामा पानी ल्याउन गएका बेला खोलामा आएको बाढीले बगाएको हो । हिमालीको विछ्या प्रहरी चौकीबाट प्रहरीको टोली घटना स्थलमा गई बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रोकायाले बताएका छन् ।

Leave a Reply