प्रधानमन्त्रीद्धारा वैकल्पिक सिकाई अभियानको शुभारम्भको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीद्धारा वैकल्पिक सिकाई अभियानको शुभारम्भको घोषणा

pm kp sharma oli

काठमाडाैं, १ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारबाट सुरु गरेको वैकल्पिक सिकाई अभियानको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने उल्लेख गर्नुभयो । उहाँले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छन् । लामो समय विद्यालय खोल्न सम्भव नभएपछि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो ।

मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी सोमबारदेखि पठन–पाठन सुरु गरेको हो । प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले कोरोना भाइरसको जोखिम आंकलन गरी छिटो विद्यालयहरु पुनः सञ्चालन गर्ने समेत बताउनुभयो । उहाँले वैकल्पिक कक्षाका लागि आवश्यक सामग्री शिक्षा मन्त्रालयले व्यवस्थापन गर्ने पनि उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले बालबालिकालाई सहयोग गर्न शिक्षक, अभिभावक र स्वयसेवकलाई अपिल समेत गर्नुभयो । उहाँले मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको भन्दै मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);