केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनलाई प्रतिगामी षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी आन्दोलन नेपालको वामपन्थी र लोकतान्त्रि आन्दोलनलाई लक्षित गर्दै रचिएको गम्भीर षड्यन्त्र भएको बताउनु भयो । वैधानिक सरकारलाई अवैधानिक ढंगले भङ्ग गर्ने आन्दोलन कुनैैपनि हालतमा लोकतान्त्रिक आन्दोलन हुन नसक्ने टिप्पणी गर्नुभयो । जनता निराश हुने कुनैपनि कार्य आफूले नगरेको उहाँको भनाइ छ । उहाँले केही कमजोरीबारे आत्मसमिक्षा गरेपनि मुलुकलाई आफूले नै बर्बाद पारेको भन्ने भाष्य गलत भएको बताउनु भयो ।

उहाँले मुलुकको हित र विकासमा आफ्नो योगदान सूचकमा हेर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply