मदन भण्डारीको हत्या कम्युनिस्ट आन्दोलन कमजोर पार्ने षड्यन्त्र थियोः झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

मदन भण्डारीको हत्या कम्युनिस्ट आन्दोलन कमजोर पार्ने षड्यन्त्र थियोः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र भएको दाबी गर्नुभएको छ ।
आईतवार मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेता भण्डारी र जिवराज आश्रितमाथिको षड्यन्त्र हत्या भएको जगजाहेर भएपनि दोषिलाई कारबाही गर्न नसकिएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँमाथि जुन हिसाबले हत्याको षड्यन्त्र रचियो, त्यो नेपालको कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हो, जुन आज पनि जारी छ ।’
उहाँले अहिले पनि पूँजीवादी दलालविरुद्धको लडाइँ जारी रहेको उल्लेख गर्दै वामपन्थी एकता अपरीहार्य आवश्यकता भइसकेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार