२८ औँ मदन–आश्रित स्मृति दिवस, जननेता मदन भण्डारीको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

२८ औँ मदन–आश्रित स्मृति दिवस, जननेता मदन भण्डारीको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको स्मरण गरेका छन् ।

२८ औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा सोमबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मान व्यक्त गर्दै योगदान स्मरण गरेका छन् ।

भण्डारीका योगदानहरू दूरगामी महत्वका र अतुलनीय रहेको भन्दै प्रधानमन्त्रीले नेपाली समाजको ऐतिहासिक विकासक्रम र विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवको गहन अध्ययन एवं समीक्षा गरी मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेको बताएका छन् ।

जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मार्गदर्शन गरिरहेको उल्लेख गरेका छन् ।

साथै उहाँले नेपाल कम्युनिस्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास सफल हुन नसकेको बताएका छन् ।

केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचले लक्ष्य पूरा हुन नदिएको उहाँको धारणा छ । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);