मदन भण्डारीका विचारले समाजलाई अघि बढाउन सहयोग पुग्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मदन भण्डारीका विचारले समाजलाई अघि बढाउन सहयोग पुग्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन नेता मदन भण्डारीका विचारले समाजलाई अघि बढाउने मार्गदर्शक सिद्धान्त भएको बताएका छन् । जन नेता भदन भण्डारीको ७० औँ जन्म जयन्तीका असरमा मदन भण्डारी फाउन्डेसन द्धारा सोमबार आयोजित पुरस्कार वितरण तथा पुस्त विमोचन कार्यक्रमलाई संवोधन गर्दे ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पुा गर्न भने बाँकीनै रहेको पनि बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस वर्षको मदन भण्डारी पुरस्कार कीर्तिुिरका एमबुलेन्स चालक बलबहादुर गुरुङ्ग र भेरी अञ्चल अस्पतालकी नर्स सुनिता सहकारीलाई प्रदान गरेका छन् ।

नर्स सहकारीले कोभिड कारण आफ्ना आफन्ता गुमाउँदा पनि मानव हितका लागि भन्दै सेवामा निरन्तर खटिएका कारण उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै चालक गुरुङ्गले कोरोना जोखिमका समयमा चाइनाका वुहानबाट आएका विधार्थीलाई ल्याउने कामदेखि अनवरत कोरोनाका विरामीको सेवामा खटिएका कारण उक्त पुरस्कारले सम्माणित गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारीको बारेमा लेखिएको पुस्तकको विमचन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);