सरकारका एजेण्डाबाट प्रतिपक्षी दल आत्तिए : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारका एजेण्डाबाट प्रतिपक्षी दल आत्तिए : प्रधानमन्त्री

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको बताएका छन् । एमाले पार्टी कार्यालय धुमबाराहीमा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबलाई धनी बनाउने, भोकालाई खान दिने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको बताएका हुन् ।

उनले समुचित विकास, न्यायोचित वितरण प्रणाली, सामाजिक न्याय र सबैका लागि समानताको कुराले कसैलाई बाधा नपुग्ने भन्दै नआत्तिन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले अब मुलुकमा राजनीतिक संक्रमण टुंगिसकेकाले गरिबीबाट समृद्धि तर्फको यात्रा सुरु भएको उल्लेख गरे । उनले छिमेकी मुलुकसंग सुमधुर, सन्तुलित, विश्वसनिय र पारस्परिक सहयोगी सम्बन्धका आधारमा दुईपक्षीय सम्बन्ध स्थापति गरिने बताए ।

स्वदेशी पूँजी लगानी गरि बाह्य लगानी आर्कषित गर्दै स्वदेशमै रोजगारीको श्रृजना गरि युवाहरुलाई विदेशीनबाट रोकिने उनले उल्लेख गरे । कार्यक्रममा वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);